२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

बहुविवाह गर्ने र रक्सी खाएर कार्यालय जाने कर्मचारीको जागिर चट !


१ जेठ, काठमाडौँ । बहुविवाह गर्ने र रक्सी खाएर कार्यालय जाने कर्मचारीको जागिर चट हुने भएको छ । सरकारले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा बहुविवाह गर्ने र रक्सी खाएर कार्यालय जाने कर्मचारीलाई बर्खास्त गर्ने प्रावधान सरकारले राखेको छ ।

यसले गर्दा बहुविवाह गरेर पनि सरकारी जागिर खाइरहेका र कार्यालयमा मदिरापान गरेरै जाने आदत परेकाहरुका लागि समस्या पर्ने भएको छ । ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ । मन्त्रि लालबाबु पण्डितले बहुविवाह गर्ने र रक्सी खाएर कार्यालय जाने कर्मचारीलाई सीधै बर्खास्त गर्ने व्यवस्था राख्न आग्रह गरेका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १०:२३