१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस, कार्यसम्पादन स्थगित गरी संसदीय दलकाे बैठक डाकियो


९ फागुन, काठमाडौँ । सरकारप्रति नेपाली कांग्रेस आक्रामक बन्ने भएको छ । सरकारविरुद्ध सडक र संसदीय दुबै मोर्चाबाट खबरदारी गर्ने उद्देश्यले कांग्रेसले तयारी पनि शुरु गरेको छ । कांग्रेसले संसदीय मोर्चामा कसरी खबरदारी गर्ने भनेर योजना बनाउन फागुन १० मा बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नै स्थगित गरेर सांसदहरुको बैठक फागुन १२ मा बोलाएको छ ।

सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेका सदस्यहरुको नाम फिर्ता लिए नयाँ नाम सिफारिस गरेपछि कांग्रेसले २१ फागुनमा हुने संघीय संसदको बैठकको तयारीका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक बोलाएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक संसदीय दलको कर्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो । त्यसपछि मात्र काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार २१:२७