स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि सातै प्रदेशलाई दियो यस्ताे निर्देशन
९ चैत, काठमाडौँ । कोरोना रोकथाम तथा उपचार प्रक्रिया थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशलाई विशेष सर्कुलर पठाएकाे छ । स्वास्थ्य मन्त्रालयले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस ) रोगका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रदेश अन्तर्गत कार्यरत मेडिकल अधिकृत, वा सो सरह शैक्षिक योग्यता भएका, वरिष्ठ चिकित्सकहरु तथा नेपाल सरकारको छात्रवृतिमा अध्ययन एमडीएमएसका विद्यार्थी तथा एमवीवीएस का विद्यार्थीहरुलाई कोरोना रोकथाममा लाग्न र खटाउन निर्देशन दिएको हो ।
चार बुँदे सर्कुलर जारी गर्दै मन्त्रालयले प्रदेश अन्तर्गत सरकारको छात्रवृत्तिमा अध्ययनपछि कार्यरत मेडिकल अधिकृतहरु (एमबीबीएस वा सो सरह शैक्षिक योग्यता भएकाहरुलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी अवश्यक्ता अनुसार परिचालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको हाे ।
प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १७:१५