२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

भारतले कच्चा पदार्थ रोकेपछि नेपाली सेनाको ‘इमल्सन प्लान्ट’ बन्द


१ जेठ, काठमाडौँ । नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको हो ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ दिन छाडेको हो ।

द्रुतमार्ग र अन्य सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्छ । कच्चा पदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०८:३१