२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

युवा संघको स्थापना दिवस अाज, अोलीसहितका एमाले शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम


१ जेठ, काठमाडौं । युवा संघ नेपालले  २८ अाैँ स्थापना दिवस अाज विभन्न कार्यक्रम गरी मनाइदै छन । युवा संघको मुल नेतृत्वले काठमाडाैँकाे राष्ट्रियसभा गृहमा संघका संथापक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अोली लगायतका शीर्ष नेताले सम्बाेधन गर्दैछन ।

यसैबीच संघको महाधिवेशन अायोजक कमिटीले पूर्णता पाएको छ । संघले २४९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । संघको वैशाख ३–६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तत्कालीन उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि सोमवार पूर्णता दिइएको उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिए ।

आगामी असोज ६–८ गते काठमाडौँमा अधिवेशन गर्ने निर्णय पनि भएको छ । यसअघि महाधिवेशनका लागि आयोजक कमिटीका संयोजकमा नीरुदेवी पाल र राजीव पहारीलाई समेत जिम्मेवारी दिइएको थियो । संगठनभित्रको आन्तरिक समस्या तथा राज्यका तीनै तहका चुनाव भएका कारण निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन ।

अधिवेशनका लागि २० समिति पनि गठन गरिएको छ जसमा राजनीतिक प्रतिवेदन लेखन समिति संयोजकमा रमेश पौडेल, मूल व्यवस्थापन समिति संयोजकमा किरण पौडेल, साङ्गठनिक समितिमा नरेश शाही, प्रचारप्रसार समितिमा कटवाल रहेका छन् ।
रमेश पौडेल नेतृत्वको आयोजक कमिटीले वाइसिएलसँग एकताका लागि आवश्यक गृहकार्य गरी महाधिवेशनका लागि तिथि तय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०७:५४