२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नेपाली चेली भारतको कोठीमा बेच्ने गिरोहका नाइके अर्घाखाँचीका रमेश खत्री पक्राउ


३१ वैशाख, काठमाडाैँ । नेपाली चेली भारतको कोठीमा लगेर बेच्ने अर्घाखाँचीका रमेश खत्री पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाे खत्रीलार्इ पक्राउ गरेको व्यूरोका डिएसपी बुद्धिराज गुरूङले दैनिकीलार्इ जानकारी दिए ।

खत्रीका अनुसार खत्रीले  नेपाली युवतीहरूलाई स्वास्थ्यउपचार गराईदिने भनि झुक्यानमा पारी दिल्लीस्थित अपार्टमेन्टमा २ वर्ष सम्म राखी पिडितको अस्लिल फोटो तथा भिडियो समेत बनाई सामाजिक संजाल मार्फत प्रकासित गरिदिने भनि ब्ल्याकमेल गरि जबरजस्ती बेश्याबृतिमा लगाउने काम गरेका थिए । खत्री अर्घाखाची सितगंगा न.पा.वडा नं.२ का हुन ।  खत्रीलार्इ जिल्ला अदालत काठमाण्डौमा मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थपको लागी पेश गरिएकोमा अनुसन्धानको लागि ७ दिन म्याद थप भएको पनि प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १८:४०