२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

अाफ्नै छोरी बलात्कार गर्ने राम बहादुर दर्जी प्रहरी खाेरमा


३१ वैशाख, काठमाडाैँ । अाफ्नै छोरी बलात्कार गरेर फरार रहेक राम बहादुर दर्जी प्रहरी खाेरमा परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराेले सोमबार भक्तपुरको बोडेबाट पक्राउ गरेको हो । पक्राउ परेका दर्जीलार्इ व्यूरोले अावश्यक कारबाहीका लागि सोमबार नै महानगरीय प्रहरी परिसर गाैशलाको जिम्मा लगाएको छ ।  २०७४ सालकाे पाैष १८ गते काठमाडाैँका चाबहिलमा सुस्त मनस्थिति भएकी अाफ्नै छोरीलार्इ बलात्कार गरी भागेका थिए ।

व्यूरोले जारी गरेको विज्ञप्ति

परिवर्तित नाम गौशाला २६, ०७४/७५ (ट) को जाहेरीले बादी नेपाल सरकार प्रतिबादी राम बहादुर दर्जी भएको मिति २०७४/०९/१८ गते बेलुका रातीको समयमा का.जि.का.म.न.पा.वडा.नं. ७ चाबहिल मैजुबहाल स्थित आफ्नै डेरा कोठामा प्रतिबादी राम बहादुर दर्जीले आफ्नो नातामा छोरी पर्ने सुस्त मनस्थितीको फरक क्षमता भएकी परिवर्तित नाम गौशाला २६ ०७४/७५ (ट)१ लाई जबरजस्ती करणी गरी वारदात समयदेखिनै फरार रहेकोमा अनुसन्धानको सिलसिलामा निज प्रतिबादीलाई खोजतलास गर्ने क्रममा बिषेश सूचनाको आधारमा मिति २०७५/०१/३१ गते जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. ९ बोडे बाट पक्राउ गरी यस ब्युरो मार्फत आवश्यक कानूनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाईएको ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १८:२४