परीक्षा वा भर्नाका नाममा भिडभाड नगर्न विद्यालयहरूलाई शिक्षा मन्त्रायको अपिल (विज्ञप्तिसहित)
५ चैत, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा वा भर्नाका नाममा भिडभाड नगर्न विद्यालयहरूलाई अपिल गरेको छ । अाज बुधबारबाट सबै विद्यालयको कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएकाले भोलिदेखि भिडभाड हुनेगरी केही काम नगरिदिन अनुरोध गरेको छ । कोरोना भाइरस काेभिड–१९काे सङ्क्रमण फैलिन नदिन सरकारले यस्तो अपिल गरेको हो ।

योसँगै बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नेछन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर बुधबार परीक्षा सकिएपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक नगर्न, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैसँग अपिल गरेको छ । यस्तै मन्त्रालयले घरबाहिर नजान पनि सबैसँग आग्रह गरेको छ ।


प्रकाशित मिति : 09:00













