२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

रैराङद्वारा सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन


३१ वैशाख, काठमाडाैँ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो ।

सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लागि निवेदन दिन सकिने उहाँले बताउनुभयो । डी म्याट खाता नभएका नागरिकले आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थामा डी म्याट खाता खोली सी आश्वामार्फत निवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १५:३८