कोरोना सङ्क्रमणको आशङ्कामा झापाका १ जनालाई काठमाडौं पठाइयो
२ चैत, झापा । झापाका एक व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का लागेपछि उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि नोवेल मेडिकल अस्पताल पुगेका भद्रपुर निवासी एक जनालाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।
चिकित्सकले उपचारका लागि उनलाई काठमाडौँ सिफारिस गरेका छन् । कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गरेका छन्’। रानाले भन्नुभयो, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आजै उनलाइ ग्राण्डी हस्पिटल लगिएको छ ।
प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १६:४३