२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

१५ वर्षपछि लोडसेडिङ समाप्त, जनताको हिरो बने कुलामान घिसिङ


३१ वैशाख, काठमाडौँ । आजबाट लोडसेडि पूर्ण रुपमा अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको जनाएको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ आजदेखि अन्त्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको र चुहावट पनि ६ प्रतिशत कम भएको बताए । यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको छ भने घिसिङ जनताको हिरो बनेका छन । लोडसेडिङ अन्त्य गरेकोमा घिसिङको सबैले प्रशंशा गरेका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ०८:५२