१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

हल्लाकाे पछि नलागाैँ, काेराेनाबारे बुझ्न १११५ मा निशुल्क फाेन गरेर जानकारी लिउँ

३० फागुन, काठमाडाैँ । अब कोरोना भाइरसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । शुक्रबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।

कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न महाशाखाका निर्देशक वासुदेव पाण्डेले  आग्रह गर्नुभयो ।

पाण्डेले यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको जानकारी दिनुभयाे । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १२:०९