२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

आफ्नै आमाको हत्या गर्ने छोरा धिरजकुमार पौडेल प्रहरी खोरमा

३० वैशाख, सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन् ।सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इलाका पहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए । मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १९:४४