सुक्खा पहिरो जाँदा स्याफ्रु–रसुवागढी राजमार्ग बन्द
३० वैशाख, रसुवा । सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ ।
जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो ।
प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताए ।
साँघुरो सडक क्षेत्रमा ट्राफिक समस्या बढ्ने भएकाले केरुङबाट मालवस्तु लिएर आएका ट्रकलाई टिमुरेमा र मालवस्तु लिन केरुङ जाने सवारीसाधनलाई बेत्रावतीमा रोकी राखिएको छ ।
केहीबेर अगाडि सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको बताइएको छ
प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १६:४७