१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पासाङ ल्हामु राजमार्गमा प्रेसर कुकर बम भेटियो, यात्रुहरु बमसँगै सेल्फी हान्दै (फोटोफिचर)

३० वैशाख, काठमाडौँ । पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान खण्डको जिरोकिलोमा प्रेसर कुकर बम भेटिएको छ । बमका कारण सवारी आवागामन समेत प्रभावित भएको छ । बमले बाटो बन्द भएपछि बाटोका प्रयोगकर्ता बमसँगै सेल्फी खिचिरहेका छन ।

जिरोकिलोमा बम भेटिएपछि रेडियो जलापा नुवाकोटका प्रबन्ध निर्देशक बसन्त बस्नेतले बमसँग सेल्फी हानेर फेसबकुमा फोटो पोस्ट गरेका छन । घटनास्थलमा प्रहरी पुगे पनि नेपाली सेनाको बम डिस्पोजल टोली नपुग्दा बम निस्क्रिय बनउने काममा ढिलाई भएको छ ।

घटनास्थलमा रहेका रेडियो जालपाका प्रबन्ध निर्देशक बस्नेतका अनुसार सवारी आवागमन बन्दभएपछि बसका कर्मचारीले चिलाउनेको हाँगाले प्रेसर कुकरकाे भाँडोलाई छेउ लगाएका छन ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १४:५५