२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

गृहमन्त्री थापालाई लक्षित गरी पोखरा विमानस्थलमा राखिएको बम सेनाले निस्क्रिय पार्यो


३० वैशाख, पोखरा । कास्कीको पोखरा विमानस्थलको १ नम्बर गेट नजिक भेटिएको बम डिस्पोज गरिएको छ । बम राखिएको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । प्रदेश नं. ४ को सुरक्षा गोष्ठी आयोजना गरिएकै दिन विमानस्थलमा बम भेटिए हो ।

फाइल फोटो ।

गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा सहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ । गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखले विमानस्थल प्रयोग गरिरहेकै समयमा बम भेटिनुलाई गम्भीर सुरक्षा चुनौतीको रुपमा औँल्याइएको छ । गृहमन्त्रीलाई नै लक्षित गरेर बम राखिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १३:५७