१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

पाल्पामा बम विस्फोट, स्थानीय त्रसित


३० वैशाख, पाल्पा । पाल्पामा शक्तिशाली बम बिस्फोट भएको छ । पाल्पा सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् ।


विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ ।

यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १३:१७