१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

विश्वकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा नेपाली चेली आस्था दाहाल

२३ फागुन, काठमाडाैँ । नेपाली चेली आस्था दाहाल विश्वकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा चुनिएकी छिन । आस्था विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा निर्वाचित भएकी हुन् । आस्थाले कुल खसेको २ हजार ७ सय ४४ मतमध्ये एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरेकी छिन ।

दाहालले आउँदो जुलाईदेखि जिम्मेवारी सम्हाल्नेछिन । ललितपुरको रातो बंगला स्कुलबाट विद्यालय शिक्षा हासिल गरेकी आस्था नेपालमा रहँदा पनि समानता र न्यायका लागि विभिन्न अभियानमा संलग्न रहेकी थिइन्। आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने बताएकी छिन् । आस्थाले अहिले क्याम्ब्रिज विश्वविद्यायमा क्रिमिनोजीमा विद्यावारिधि गरिरहेकी छिन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार २१:३१