१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

चितवनको भाटभटेनी सुपरमार्केटमा बम बिस्फोट, बन्दका कारण सवारीसाधन चलेनन्


३० वैशाख, काठमाडाैँ । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्चुरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएका छन ।

तस्बीरः सुशील पन्त क्षेत्री ।

विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ। अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिस्फोट गर्ने १ जनाको पहिचान भएको र खोजी जारी रहेको छ । मोटसाइकलमा आएका २ जनाले बम विस्फोट गराएको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार ०८:१२