१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

 कोभिड–१९को सङ्क्रमणबाट बेलायतमा पनि एक जनाको ज्यान गयो

२३ फागुन, काठमाडाैँ । कोभिड–१९को सङ्क्रमणबाट बेलायतमा पनि एक जनाको ज्यान गएको छ । उनी बेलायतमा कोरानाबाट मृत्यु हुने पहिलो व्यक्ति हुन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसोनका आधिकारिक प्रवक्ताले भने, ‘भाइरस तीव्र रुपमा फैलिरहेको सम्भावना छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार ०९:०१