४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

कोरोनाकाे त्रासः इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

२० फागुन, ओटावा । कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन् । चीन कोरोना भाइरसको सङ्क्रमणको प्रमुख केन्द्रका रूपमा देखा परेको छ ।

यस कोरोना भाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । यस कोरोना भाइरसबाट इरानमा १ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका पनि पुष्टि भएको छ ।  क्यानाडाका धेरैजसो घटनाहरू इरानको प्रकोपसँग जोडिएको क्यानाडाका प्रमुख चिकित्सा अधिकारी थेरेसा टमले पत्रकारलाई बताउनु भएको छ ।क्यानाडामा सोमबार साँझसम्म २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पनि ती अधिकारीहरुले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलवार १५:३३