१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल–बङ्गलादेश वाणिज्य वार्ता आजदेखि ढाकामा, बिप्पा सम्झाैताको बारेमा छलफल हुने

२० फागुन, काठमाडाैँ । नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचाैँ बैठक मंगलबारददेखि ढाकामा हुँदैछ । बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल सोमबार नै ढाका पुगिसकेको छ ।

दुईदिनसम्म हुने उक्त बैठकमा नेपाल–बङ्गलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवद्र्धनका सबै पक्षमा विचारविमर्श हुनेछ । बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ । बङ्गलादेशले नेपालसँग बिप्पा गर्न अभिमत व्यक्त गर्दै आएको छ ।

तस्बीरमा सचिव अर्याल र सहसचिव ढकाल ।

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत हुनुहुन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलवार ०८:३८