नेपाल छाड्नुअघि मोदीका तीन ट्वीट, नेपालीमै यस्तो लेखे (ट्वीटसहित)
२९ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनको लागि आभार प्रकट गरेका छन । उनले नेपालमा आफ्नो स्वागतका लागि नेपाली जनता र नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन ।
उनले ट्वीटबाटै आफ्नो नेपाल भ्रमण ऐतिहासि रहेका बताएका छन् । भ्रमणले नेपाली जनतासँग आत्मीय हुने ठूलो मौका मिलेको भन्दै मोदीले प्रधानमन्त्री ओलीसँगको छलफल धेरै फलदायी भएको पनि प्रतिक्रिया दिएका छन ।
मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासंग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओली संगको छलफल धेरै फलदायी रह्यो । pic.twitter.com/kLmCgcHJHz
— Narendra Modi (@narendramodi) May 12, 2018
यस भ्रमण मार्फ़त भारत-नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु । pic.twitter.com/80fffsiUbx
— Narendra Modi (@narendramodi) May 12, 2018
My Nepal visit was historic. It gave me a great opportunity to connect with the wonderful people of Nepal.
Talks with PM Oli were productive. New vigour has been added to India-Nepal relations through this visit. Gratitude to the people and Government of Nepal for their warmth. pic.twitter.com/ZLE5TMX4nI
— Narendra Modi (@narendramodi) May 12, 2018
प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १९:३७