२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

बसको ठक्करबाट नुवाकोटमा एक जना मजदुरको मृत्यु


२९ वैशाख, नुवाकोट । नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं. को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका घर्तीलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १९:०३