२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

मोदीलाई महानगरको उपहार, प्रतिकात्मक साँचोदेखि ५५ किलोको बुद्ध मुर्तिसम्म


२९ वैशाख, काठमाडौँ । काठमाडौ महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विभिन्न उपहार र सम्मानसहित अभिनन्दन गरेको छ । शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोदीलाई सम्मानपत्र तथा काठमाडौ महानगरपालिकाको प्रतिकात्मक चाबी हस्तान्तरण गरे भने सोही अवसरमा मोदीलाई गौतमबुद्धको ५५ किलोको मुर्ति र काठको मयुरझ्याल पनि हस्तान्तरण गरिएको थियो ।

 मेयर शाक्यले भारतीय प्रधानमन्त्री मोदीको कुशल नेतृत्वमा दुई देशको सम्बन्ध झनै बलियो र थप सुदृढ बन्ने आशा ब्यक्त गरे । अभिनन्दनपत्रमा आपसि हितका क्षेत्रमा सद्भाव सहयोग र सहकार्यको आशा गर्दै अभिनन्दनपत्रमा पुर्वपश्चिम रेलमार्ग, लगायतका क्षेत्रमा सहयोगको आशा पनि गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १७:४१