२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नेपालको सफलताका लागि भारत काँधमा काँध मिलाउन तयारः मोदी


२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सफलतामा भारत काँधमा काँध मिलाउन तयार रहेको बताएका छन । शनिबार काठमाडौँ महानगरपालिकाले गरेको नगर अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए ।

मोदीले नेपाल आफ्नो आवश्यकता र प्राथमिकता अनुसार अघि बढ्दा भारत काँधमा काँध मिलालएर सहयोग गर्न तयार रहेको बताए । उनले नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको बताए । ‘तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १७:०४