१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बुद्धको जन्मभूमि लुम्बिनी जान्छुः मोदी

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि लुम्बिनी जाने बताएका छन ।

शनिबार काठमाडौँ महानगरपालिकाले गरेको नगरअभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले आफू समय मिलाएर लुम्बिनी जान चाहेको बताए । मोदीले सुरुको दुई नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरेको र यो पटक जनकपुर र मुक्तिनाथ गएको भन्दै अब समय मिएर बुद्धको जन्मभूमि लुम्बिनी पनि जाने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १६:५२