२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

पशुपतिको आँगनमै मोदीको झुट, झण्डै चार वर्षअघिको वाचा अझै पूरा भएन


२९ वैशाख, काठमाडौंँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रम छर्न माहिर मानिन्छन । उनको भ्रम कस्तो हुन्छ भन्ने कुरा तीन पटकको भ्रमणमा नेपालीले राम्रैसँग महशुस गरिसकेका पनि छन । मोदी भारतको प्रधानमन्त्री भएपछि तीन पटक नेपालको भ्रमण गरे र दुई पटक पशुपतिमा विशेष पूजाअर्चना नै गरे ।

मोदीले २०७१ को साउन १८ गते पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्दा गरेको वाचा आजसम्म पनि पूरा गरेका छैनन । पशुपतिनाथको आँगानमा उभिएर मोदीले गरेका वाचा झण्डै चार वर्ष पूरा हुन लाग्दा पनि पूरा नहुनुले उनी झुट बोल्न माहिर छन भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनले त्यतिखेर पशुपतिनाथको मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए तर आजका दिनसम्म उक्त घोषणा कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १०:५६