६ असार २०८३, शनिबार | Sat Jun 20 2026

महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त

१४ फागुन, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन ।महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले बुधबार एक समारोहको आयोनना गरी खड्कालाइ ब्राण्ड एम्बेसडर नियुक्त गरेको जानकारी दिएको छ ।

ब्राण्ड एम्बेसडरमा नियुक्त भए लगत्तै पारस खड्काले महिन्द्राको एक्सयुभी ३०० ‘डब्लु ८’ भेरियन्ट कार चढ्न सुरू गरेका छन । सोही कार्यक्रममा ब्राण्ड एम्बेसडर खड्कालाइ अग्नि एन्कर्पोरेटरका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको साँचो हस्तान्तरण गरेका थिए । खड्काले चढ्न सुरू गरेको एक्सयुभी ३०० कारको नेपाली मूल्य ५० लाख ७५ हजार रूपैयाँ रहेको छ ।

एक्सयुभी ३०० ‘डब्लु ८’ भेरियन्ट सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको र निकै आकर्षक रहेको भन्दै पारसले महिन्द्राका सवारी आफ्नो रोजाइमा परेको बताए । नेपालमा चल्ने गाडीहरू मध्ये महिन्द्रा ब्राण्डका सवारी तुलनात्मक रूपमा बलियो मानिन्छ ।

प्रकाशित मिति : February 26, 2020 at 6:29 pm