२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

मोदीका कारण आज अबरोध हुने सवारी रुट यी हुन


२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका कारण आज पनि काठमाडौँको सवारी अवागमन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार मोदीको सवारी रुटमा सवारीको समयमा अन्य गाडीहरुलाई रोकिने छ ।

मोदीको सवारीका कारण बिहान १० बजेको समयमा विमानस्थल, तिलगंगा, बनकाली मोड, गौशाला चोक, भुबनेश्वरी चोक्सम्मको सवारी आवागमन प्रभावित हुने छ । मोदी पशुपतिको पुजा गरेर हायात होटल जाने समयमा त्यस क्षेत्रको सवारी पनि प्रभावित हुनेछ । मोदी हायात जाँदा पशुपतिको पश्चिम गेट, भुवनेश्वरी चोक, गौशाला, मित्रपार्क, चाबहिल, चुच्चेपाटीको रुट प्रयोग हुनेछ ।

त्यसपछि मोदी नागर अभिनन्दनमा सहभागी हुन राष्ट्रियसभा गृह आउनेछन । मोदी राष्ट्रिय सभागृहमा आउँदा चाबहिल, मित्रपार्क, गौशाला चोक, तिलगंगा एयरपोर्ट गेट, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, बिजुलीबजार, माइतीघर, सिंहदरवार, पद्मोदय मोड, भृकुटीमण्डपको रुट प्रयोग हुनेछ र त्यस रुटमा पर्ने सवारीको आवागमन बन्द हुनेछ ।

त्यसपछि मोदी स्वदेश फर्कन एयरपोर्ट जानेछन । उनी एयरपोर्ट प्रस्थान गर्नका लागि करिब पौने चार बजेको सवारी समय निर्धारण गरिएको छ । त्यसका लागि राष्ट्रिय सभागृहबाट भद्रकाली, सिंहदरवार, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट गेट, गौचर ब्यारेक हुँदै मोदी विमानस्थलभित्र प्रवेश गर्नेछन् र यो रुटमा सवारी आवागमन प्रभावित हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १०:४१