३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

भन्सार छली गर्ने एक महिला पक्राउ

२८ वैशाख, कपिलवस्तु । सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर नेपालतर्फ कपडा भित्र्याउँदै गरेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगर सीमा नाकाको भारतीय बजार बढनीबाट कपडा खरीद गरी कम परिमाणमा भन्सार कागज बनाएर दाङतर्फ जान लागेकी घोराही उपमहानगरपालिका–११ की मायाकुमारी गौतमलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो ।
अभियुक्त गौतमले १२५ थान कुर्ता ल्याएकीमा १६ थानको मात्र भन्सार गराएकी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार २२:१०