१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बैंकमै थन्कियो ५ सय केजी सुन

१४ फागुन, काठमाडौं । सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैंकबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले नकिन्दा अहिले बैंकहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ ।

प्रतिकात्मक तस्बिर ।

नेपाल बैंकर्स संघका अनुसार फागुन सुरु भएलगत्तै व्यवसायीहरुको बैंकबाट सुन किन्ने क्रम ह्‍वात्तै घटेको आर्थिक अभियान दैनिकमा खबर छ । नेपालमा विवाह/व्रतबन्धको सिजन अर्थात् असोज, मंसिर, माघ र फागुनमा बैंकबाट उच्च मात्रामै सुन बिक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैंकबाट धेरै सुन किनेका छैनन् ।

गत वर्ष प्रतितोला ६० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०६:५६