१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनएमबी लघुवित्तकी कल्पना गुरुङले अनियमितता गरेर संस्थाको ६० लाख ७० हजार कुम्ल्याइन

१३ फागुन, काठमाडाैँ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ पर्नुभएको छ । उहाँले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उहाँ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत हुनुहुन्थ्यो । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको जनाइएको छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १६:४९