१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विपन्‍नको उपचारलाई ५० करोड निकासा

१३ फागुन, काठमाडौं । सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आवको ६ महिनामा ५० करोड रुपैयाँ अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकलाई औषधि उपचार सेवा दिएबापत सूचीकृत सेवाप्रदायक अस्पतालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कजेल, सरकारी अस्पताल र गैह्रसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको खबर कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार ०६:४७