२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

विपक्षीहरू कुखुराका चल्लाले फट्यांग्रो टिपेर गुरुरु कुदेजस्तो गर्न थाले : प्रधानमन्त्री ओली

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको दाबी गरेका छन । सोमबार कास्कीको पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको बताए ।

संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले विपक्षी दललाई कुखुराको चल्लासंग तुलना गर्दै भने, ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरुरु कुद्छन्। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्।’

प्रधानमन्त्री ओलीले भने, यतिबेला विपक्षीहरु गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छर्न निकै तल्लिन रहेका छन्न । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने, नन् इस्युलाई इस्यु बनाउने, किन यस्तो भइरहेको छ ?’ संसदमा पेस हुने विधेयकहरुबारे त्यहाँ छलफल गर्नु पर्नेमा पर्याप्त कुरा गर्ने ठाउँ नभएपछि जनतामा भ्रम छर्न विपक्षी दल लागी परेको नउले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार २१:१६