३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

भारतीय प्रधानमन्त्री मोदीलाई टुँडीखेलमा गार्ड अफ अनर

२८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा टुँडीखेलमा ‘गार्ड अफ अनर’ दिइएको छ ।

४ बजेका लागि कार्यक्रम तय भए पनि मोदी जनकपुरबाट काठमाडौं आउन ढिला भएपछि झण्डै सवा ५ बजे गार्ड अफ अनर दिइएको हाे । विगतमा विमानस्थलमै यस्तो सम्मान दिने चलन भएपनि केपी शर्मा ओली सरकारले यसलाई टुँडीखेलमा दिने अभ्यास गरेको थियो । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो ।

लाइभ भिडियो

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १७:१२