१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मोदीको स्वागतमा विमानस्थल गएनन् ओली, पोखरेल र ज्ञवालीले गरे स्वागत

२८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै शक्तिशाली बनाएका छन । विगतमा भारतीयका सामू लम्पसार परिरहेकाहरुले ओलीलाई लम्पसारवादी भएको आरोप लगाइरहेको समयमा ओलीले त्यसको कुटनीतिक जवाफ दिएका छन । विगतमा विदेशी राष्ट्रप्रमुख अझ भारतीय प्रधानमन्त्री आउँदा नेपालका प्रधानमन्त्री आफैँ विमानस्थलमै गएर स्वागत गर्ने गरेका थिए ।

तर यसपटक ओलीले नेपाल प्रवेश गर्दा जनकपुरमा रक्षामन्त्री इश्वर पोखरेल र काठमाडौँमा परराष्ट्रमन्त्री ज्ञवाली मार्फत मोदीको स्वागत गरेका छन । ओली भारत जाँदा प्रधानमन्त्रीपछिको मन्त्रिलाई पठाएर स्वागत गरिएको थियो भने आज ओलीले पनि आफूपछिको वरिष्ठमन्त्री पोखरेललाई विमानस्थल पठाएर स्वागत गरे । विदेशी अझ त्ययसमा पनि भारतीयको स्वागतमा जन्ती जसरी जाने विशिष्टहरुको प्रचलन यसपटकबाट करिब अन्त्य भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १६:२९