३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मधेस टुक्राउने भारतको नियत छताछुल्ल, जनकपुरलाई भारतमा मिसाउन सांसद आजादको माग

२८ वैशाख, काठमाडौँ । एक जना भारतीय सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकपुरमा गाभ्न माग गरेका छन । भारतीय लोकसभाका सदस्य कीर्ति आजादले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई मिथिला राज्य गठन गर्न आग्रह गरेका हुन । उनले ट्विटरमा मोदीलाई मेन्सन गर्दै मिथिलाको राजधानी जनकपुरधाममा स्वागत गर्दै जनकपुरलाई समेटेर मिथिला राज्य गर्न माग गरेका छन् ।

उनले लेखेका छन, ‘आदरणीय नरेन्द्र मोदीजी तपाईँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज तथा नेपालबीच भएको सन्धि अनुसार मिथिला क्षेत्र नेपाललाई दिइएको थियो । त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिँदै मिथिला राज्यको गठन गर्नुहोस् ।’
यस्तो माग गर्ने कीर्ति आजाद बिहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरासमेत हुन् । उनको यो विवादित ट्वीटपछि धेरै नेपाली ट्विटर प्रयोगकर्ताले सुगौली सन्धिमा नेपालले गुमाएका अन्य भूभागसमेत फिर्ता गर्न चुनौति दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १५:५२