७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

झापामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शालिक निर्माण

 ११ फागुन , बनियानी । झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ ।  कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो ।

विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कठ्ठा जग्गामा बिपी वन बाटिका निर्माण गरेका हुन् । नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १३:१०