३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह, नाकाबन्दी गरेकोमा पश्चातप गर

२८ वैशाख, काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाकाबन्दी गरेकोमा पश्चातप गर्न आग्रह गरेका छन ।

मोदीलाई ट्वीटरबाट नेपालमा स्वागत गर्दै नेता श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह समेत गरेका छन । श्रेष्ठले नाकाबन्दी र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम गलत थियो भन्ने महसुस गर्ने विश्वास ब्यक्त गरेका छन ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १५:३२