१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव

१० फागुन, काठमाडौं । चीनमा फैलिएको कोराना भाइरस (कोभिड-१९) को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोराना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।

नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिन थालेको खबर राजधानी दैनिकमा छ ।

फाइल तस्बिर ।

औषधि उत्पादन हुने कच्चा पदार्थ, लसुन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको हो ।

कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।  पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार ०८:२७