३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा माला (भिडियोसहित)

२८ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीन वटा मालाले अभिनन्दन गरिएको छ । प्रदेश २ सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला मोदीलाई लगाइदिएका थिए ।

 त्यस गलत्तै वीरगञ्ज र जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधिले पनि १२१ किलोको मालाले अभिनन्दन गरेका थिए । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रममा दुबै माला लगाइएको हो ।

भिडियो

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १३:०६