१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

मोदीको स्वागतमा बसेका नागरिकको टाउकोमा प्रहरीको लाठी, लाख भन्दा बढी स्वागतमा

२८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि गएका नागरिकको टाउकोमा प्रहरीले लाठीचार्ज गरेको छ । नगर अभिनन्दन समारोहमा सहभागी हुनेहरुको भीड अत्यधिक भएपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

तस्बीरः अनलाइनखबर डट कमबाट ।

बाह्रविघा मैदानको प्रवेशद्धर साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदेशको सरकारको उर्दीका कारण मासिसहरु गाउँगाउँबाट बाह्रविघा मैदानमा पुगेका छन ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०९:५२