३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

तीन जिल्लामा मेगा बैंकको नयाँ शाखा विस्तार, बैंकको शाखा ५२ पुग्यो

२७ वैशाख, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले तीन जिल्लामा नयाँ शाखा बिस्तार गरेको छ । मेगाले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको हो । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा ५२ पुगेको छ ।

बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्‍याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो ।

मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैंकले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १९:०२