१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

मोदी आउनु एक घन्टाअघि नै अोली जनकपुर पुग्ने, माेदीको स्वागतमा एक लाखको लाइन

२७ वैशाख, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको स्वागतका लागि उनी आउनुभन्दा एक घण्टा अघि नै जनकपुर पुग्ने भएका छन । मोदीको स्वागतको तयारीबारे पत्रकारसँग कुरागर्दै मुख्यमन्त्री लालवावु राउतले यस्तो जानकारी दिएका हुन । राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा लाखौंको संख्यामा मानिसहरुको उपस्थिति हुने बताए । राउतले भ्रमणलाई ऐतिहासिक बनाउनकै लागि प्रदेशभर सार्वजनिक बिदा दिइएको बताए । प्रदेश २ बाट हुने मोदीको भ्रमणले मुलुकको विकास, समृद्धि र पहिचानका लागि सहयोग पुग्ने उनले बताए । मोदी बिहान १०ः१५ बजे जनकपुरमा अवतरण गर्नेछन भने २ घण्टा जनकपुरमै बिताउनेछन ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १६:२२