१ पुष २०८१, सोमबार | Mon Dec 16 2024

गुण्डा नियन्त्रणमा ओली सरकारलाई सफलता, नेकपा निकटकै गुण्डा नाइके बाहुनलाई १० वर्ष कैद

२८ माघ, काठमाडौँ । गुण्डा समाप्त पार्ने सरकारको अभियानमा अदालतको साथ मिलेको छ । तत्कालीन नेकपा एमालेको राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्दै आएका सुजन पौडेल अर्थात रमेश बाहुनलाई जिल्ला अदालत काठमाडौँले १० वर्षको कैद हुने फैसला गरेको छ । तत्कालीन एमालेको रामेछाप जिल्लाको एउटा कार्यक्रममा औपचारिक रूपमा रातो टीक लगाएर पार्टी प्रवेश गरेका थिए ।

अदालतले उनलाइ १० वर्ष कैदको अलवा ७५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको स्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । न्यायाधीश नवराज दाहालको इजलासले रमेशलाई कैद र जरिवाना सजाय तोकेको हो । पौडेल पछिल्लो पटक कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार १७:३७