७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अष्ट्रेलियाकाे एडिलेडमा शिवरात्री मनाइदै

एडिलेड । महाशिवरात्रीको अबसरमा एडिलेडमा आगामी फेब्रुअरी २१ मा शिवरात्री व्रत तथा भजन किर्तन कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम नेपाली भजन किर्तन समुह एडिलेडकाे अायाेजनामा हुन लागेकाे हाे ।

सनातन हिन्दु धर्ममा अास्था राख्ने नेपाली समुदायकाे लागि शिवरात्री महत्त्वपूर्ण पर्व भएकाले परदेशमा शिव रात्री व्रत तथा भजन किर्तन कार्यक्रम अायाेजना गरेकाे नेपाली भजन किर्तन समूह एडिलेडका अध्यक्ष गणेश पराजुलीले बताउनु भयाे । उहाँले बिगत बर्षहरु देखि नै शिवरात्री पर्व सबै नेपाली जम्मा भएर एकै ठाउँमा मनाउन पाउँदा आनन्द र उल्लासको वातावरण हुने भएकाले आफ्नो संस्थाले कार्यक्रम अायाेजना गर्दै आएको बताउनु भयो ।

समाजका सचिव रामकृष्ण शर्मा नेपाली चाडवाडकाे निरन्तरता, नयाँ पुस्तालाई हिन्दु धर्म संस्कृति बारेका जानकारी दिन पनि कार्यक्रम अायाेजना गर्न लागेकाे बताउनु हुन्छ ।

अध्यक्ष पराजुलीका अनुसार कार्यक्रममा शिवरात्री बिशेष पुजा तथा आरती हुने बताउनु भयो । उहाँले पुजालाइ व्यबस्थित गर्नका लागि खगेन्द्र सापकोटालाई कार्यक्रम संयाेजक तोकिएको बताउनु भयो ।

प्रकाशित मिति : February 11, 2020 at 1:07 pm