१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्व १४ करोड

२६ माघ, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि. को २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ ।
ग्लोबल आइएमई बैंक लि. र जनता बैंक नेपाल लि. एक आपसमा गाभिई गत मंसिर २० गते देखि


एकिकृत कारोबार शुरु भएको थियो। मर्जर पश्चात्ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायकोहिसावले नेपालकै ठूलो तथा मजबुत बैंक
बनेको छ । हाल बैंकको प्राथमिक पूँजी रु. २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्व ९८ करोड भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले२७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेकोछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १४:५५