३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

युवा संघले सुशासन र समृद्धिका लागि अभियान चलाउने

२६ वैशाख, काठमाडौँ । युवा संघले सुशासन र समृद्धिका लागि अभियान चलाउने भएको छ । संघका उपाध्यक्ष प्रभात विक्रम कट्वालले सरकारको समृद्धिको अभियाननमा युवालाई परिचालन गरिने बताएका छन । संघको भक्तपुर जिल्ला कमिटीको विस्तारित बैठकमा सम्बोधन गर्दै उपाध्यक्ष कट्वालले सरकारको कार्ययोजना अनुसार संघ हातेमालो गरेर काम गर्न तयार रहेको बताए ।

उनले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई सीप र प्रविधिसँग जोडी सबैलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष कट्वालले सरकारले सिण्डिकेट अन्त्यका लागि गरेको कामको प्रंशशा गर्दै अगामी दिनमा सरकारसँग जनताको हितमा हुने सबै काममा संघले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

उपाध्यक्ष कट्वालले जेठ १ गते संघको स्थापना दिवस भव्य रुपमा मानाउने निर्णय भएको भन्दै सफल पार्ने काममा खटिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा एमाले भक्तपुरका कार्यबाहक अध्यक्ष वचन देउजा, युवा संघ सचिवालय सदस्य निरेसलाल सिंह, केन्द्रीय सदस्य सन्जिब रोका, बिनोद केसी, दिपक थापा लगायतले मन्त्वय राखेका थिए ।

विज्ञापन

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १९:१८