१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सुन प्रतितोला ८ सयले घट्यो

२२ माघ, काठमाडाैँ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९सयमा झरेको छ ।

प्रतिकात्मक तस्बिर ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला ५ सयले घटेर ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७ सय पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५ तोकेको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १६:१६